नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको संसदीय दलको बोर्डमा नबस्ने बताएका छन्।
शनिबार युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले आफूहरूलाई मनोनित गरेको बोर्डमा नबस्ने बताएका हुन्।
'दुई जना हामी बबुरोहरूलाई राखिएको रहेछ। म एउटा अर्को झलनाथ कमरेलाई बोर्ड सदस्य। उहाँले कृपा दृष्टि पुर्याएर दुई जनालाई ठाउँ दिनुभएको रहेछ,'उनले भने,' त्यस्ता बोर्डमा बस्दैनौं। त्यो बोर्डमा हामीलाई बस्नु छैन। त्यो गर्नू छ भने बसेर छलफल गर्नुपर्यो। बोर्ड पहिले वैधानिक रूपमा बनाउनु पर्यो। गठन भइसकेपछि कसलाई कसलाई राख्ने भनेर छलफल हुनुपर्यो। छलफल गरेर हामी एकताबद्ध भएर जान तयार छौं।'
गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा २४ सदस्यीय संसदीय दलको बोर्ड गठन गरेको थियो। उक्त बोर्डमा माधव नेपाल र झलनाथ खनाललाई पनि मनोनित गरेको थियो।