नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरू भएको छ।
बालुवाटारमा केहीबेरअघि बैठक सुरू भएको एक नेता जानकारी दिए।
यसअघि बसेको संसदीय दलको बैठकले संसदीय दलको संशोधित विधान पारित गरेको थियो। त्यही विधानलाई केन्द्रीय समिति बैठकमा अनुमोदन गरिने ती नेताले बताए।
बैठकमा नेपाल- खनाल पक्ष भने उपस्थित भएका छैनन्। संसदीय दलको बैठक बसिरहेकै बेला उनीहरूले बैठक तथा निर्णय विधान र विधिसम्मत हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई पत्र बुझाएका थिए।