नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल निकट सांसदहरु संसदीय दलको बैठकमा गए पनि केन्द्रीय कमिटी बैठकमा नजाने भएका छन्।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा निर्णय गरेको भन्दै त्यसलाई नसच्याएसम्म केन्द्रीय कमिटी बैठकमा नजाने उनीहरुको भनाई छ।
फागुन २८ गते ओलीले आफूनिकट केन्द्रीय सदस्यको भेला गरेर गृहमन्त्री रामबहादुर थापा समूहका २२ जनालाई केन्द्रीय सदस्य बनाएका थिए।
सेतोपाटीसँग कुराकानी गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद गणेश पहाडीले संसदीय दलको बैठकमा आफ्ना कुरा राख्ने बताए।
‘पार्टी अध्यक्षले एकतर्फी रुपमा गरेका निर्णय खारेज नहुँदासम्म केन्द्रीय कमिटी बैठकमा जाँदैनौँ।तर संसदीय दलको बैठकमा भने जान्छौँ’ उनले भने, ‘बिहीबारको बैठकमा पनि हामी जान लागेका थियौँ। तर यताको भेला समेत भएकाले नजाने निर्णय गरेको हो।’
सांसद पहाडीसँग गरिएको भिडिओ कुराकानी