राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शितल निवासमा सुरू भएको छ।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलसँग छलफल गर्न बैठक राखेकी हुन्।
बैठकमा संसदमा प्रतिनिधित्व गर्नेदलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरु सहभागी रहेका छन्। नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने बैठकमा सहभागी छैनन्।
यस्तै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पनि बैठकमा सहभागी भएका छैनन्।
यी हुन बैठकमा सहभागी नेताहरू
- केपी शर्मा ओली- नेकपा एमाले
- ईश्वर पोखरेल- नेकपा एमाले
- सुवासचन्द्र नेम्वाङ- नेकपा एमाले
- विष्णु पौडेल- नेकपा एमाले
- रामबहादुर थापा- नेकपा एमाले
- शेरबहादुर देउवा- नेपाली कांग्रेस
- रामचन्द्र पौडेल- नेपाली कांग्रेस
- विमलेन्द्र निधि- नेपाली कांग्रेस
- शशांक कोइराला- नेपाली कांग्रेस
- पुष्पकमल दाहाल- नेकपा माओवादी केन्द्र
- नारायणकाजी श्रेष्ठ- नेकपा माओवादी केन्द्र
- देव गुरुङ- नेकपा माओवादी केन्द्र
- महन्थ ठाकुर- जनता समाजवादी पार्टी
- उपेन्द्र यादव- जनता समाजवादी पार्टी
- राजेन्द्र यादव- जनता समाजवादी पार्टी
- राष्ट्रिय जनमोर्चा- चित्रबहादुर केसी
- राप्रपा- डा. प्रकाशचन्द्र लोहनी
- प्रेम सुवाल- नेपाल मजदुर किसान पार्टी
- खिलराज रेग्मी- मन्त्रिपरिषद् अध्यक्ष