झलनाथ खनाल-माधव नेपाल पक्षलाई बेवास्ता गरेर अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व तहमा गरेको हेरफेरपछि नेकपा एमालेभित्र पुनः विवाद चर्किएको छ।
केपी ओलीको कदमविरूद्ध नेकपा एमालेका अधिकांश नेताहरुले एकअर्काको आलोचना गरिरहेका छन् ।
एमालेकी नेतृ रामकुमारी झाँक्रीले शुक्रबार साँझ सामाजिक सञ्जालमा लेखेर कडा चेतावनी दिएकी छन्। उनले अब जिन्दगीको अन्तिम र निर्णयाक आन्दोलन हुने बताएकी छन्।
‘जे भइरहेको छ यो एकदमै गलत हो। विधानविपरीतको यो ज्यादती हो। कम्युनिस्ट आन्दोलनको विसर्जन हो,’ उनले लेखेकी छन्, ‘तर, हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौं। यसको कानुनी उपचार र राजनीतिक प्रतिवाद दुवै गर्नेछौ। साथीहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाइँ हुनेछ।’