प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका दुई केन्द्रीय कमिटी बैठक डाकेर पदाधिकारीमा व्यापक हेरफेर गरेका छन्।
बैठकमा सहभागी एमाले केन्द्रीय सदस्य राजेन्द्र गौतमका अनुसार आज बालुवाटारमा एमालेको १० औं र ११ औं केन्द्रीय समिति बैठक बसेर पार्टीमा अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गरेका छन्।
प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपाल पक्षलाई जानकारी नै नदिई बैठक बस्दै पूर्वमाओवादी नेताहरूलाई केन्द्रीय सदस्य बनाउनेलगायतका निर्णय गरेको छ।
सर्वोच्च अदालतको पुस २३ गतेको फैसलाले पहिला खारेज भइसकेका नेकपा (एमाले) र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो।
केपी ओलीले गरेका पदाधिकारी काँटछाट र केन्द्रीय सदस्य मनोनय सूची