नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता टंक आङबुहाङ एमाले ओली समुहको केन्द्रीय सदस्य बनेका छन्। प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकपक्षीय निर्णय गर्दै थप गरेका केन्द्रीय सदस्यको सूचीमा उनको पनि नाम छ।
माओवादी केन्द्रबाट ताप्लेजुङबाट निर्वाचित आङबुहाङ केही समय उता ओली समूहमा जाने हल्ला व्यापक थियो। तर, उनी त्यसलाई अस्वीकार गरिरहेका थिए।
शुक्रबार ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा उनको र पासाङ शेर्पाको नाम समावेश छ।
प्रदेशसभामा उनी तत्कालीन माओवादी केन्द्रको दलको नेता र नेकपा भएपछि उनी पार्टीका उपनेता थिए।