प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकमा पार्टी एकतालाई नयाँ शीराबाट शुरू गर्ने विषयमा छलफल भएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकबाट बाहिरिदै नेता रघुजी पन्तले पार्टी एकताको विषयमा फेरि छलफल गर्नुपर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए।
उनले सर्वोच्चको सोमबार आएको फैसलालाई अब नयाँ ढंगबाट सोच्नुपर्ने सुझावबारे छलफल भइरहेको उनले जानकारी दिए।
‘सर्वोच्च अदालतको फैसला सम्मान गर्नुपर्छ व्यक्तिगत रुपमा मेरो असहमति भयो बैठकमा सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको भयो कि भन्ने चर्चा भएको छ,’ पन्तले सञ्चारकर्मीसँग भने, ‘एकता दुई पार्टीबीच जसरी भएको थियो त्यो आफैँमा राम्रो थियो । लोकतन्त्रको सुदृढिकरणको लागि, सार्वभौमएकताको लागि त्यसलाई जोगाएर जानुपर्छ । अध्यक्ष प्रचण्ड र केपी ओलीले अगाडि बढाएर जानुपर्छ।’
घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्यलगायतका एमालेका नेताहरू आफ्नो भनाइ राख्दै बैठकबाट बाहिरिरहेका छन्। बैठक जारी छ।