नेकपाको प्रचण्ड र माधवकुमार नेपाल पक्षका सांसद भीम रावलले सर्वोच्च अदालतको फैसलामाथि प्रश्न गरेका छन्। सर्वोच्च अदालतले आइतबार नेकपाको नाम सम्बन्धि मुद्दामा फैसला गर्दै पूर्व एमाले र पूर्व माओवादी ब्युताँएको छ।
'सर्वोच्चबाट भर्खर समाचार पढ्न पायौँ। निर्वाचन आयोगले गरेको जुन फैसला थियो। नेकपालाई जुन दर्ता गरेको थियो। एउटा आश्चर्यजनक कुरा सुनेका छौँ। अब सर्वोच्च अदालतले पार्टी निर्माण गर्ने रे', रावलले भने, 'यो कानुनी फैसला हो कि राजनीतिक फैसला हो विचार विमर्श गर्नुपर्ने छ।'
उनले प्रधानमन्त्री केपी शर्म ओलीको पार्टी कसको हो भन्ने पनि प्रश्न गरेका छन्।
'यदि नेपाल कम्युनिष्ट पार्टी नेकपा होइन भने वर्तमान प्रधानमन्त्रीजी कुन पार्टीका हुन् त्यो कुरा भन्नुपर्यो', उनले भने।
संसदमा भीम रावलको प्रश्न- प्रधानमन्त्री कुन पार्टीको हो?