प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलको नेताको मान्यता पाएका छन्। संसद सचिवालयले आइतबार प्रचण्डलाई नेकपा संसदीय दलको नेताको मान्यता दिएको हो।
यसअघि प्रचण्ड–माधव पक्षका शीर्ष नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाललगायतले संसद सचिवालयका महासचिव भरतराज गौतमलाई भेटेर दलको नेताका मान्यता दिन आग्रह गरेको भए पनि उनले अस्वीकार गरेका थिए।
यो सँगै नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले दलको नेता परिर्वतन भएको सूचना संघीय संसद सचिवालयमा दर्ता गराएको छ ।
शुक्रबार संसदको अधिवेशन सुरु हुनुपुर्व प्रचण्ड माधव समूहले दलको नेतामा पुष्पकमल दाहाललाई चयन गरिएको सूचना सविचालयमा दर्ता गराएको हो ।
१ सय १२ जनाको हस्ताक्षर सहित दलको नेता र्निविरोध निर्वाचित गरिएको व्यहोराको पत्र दर्ता गराईएको नेता रामनारायण विडारीले जानकारी दिए। पत्रमा मुख्य सचेतकमा देव गुरुङ्गलाई यथावत राखिएको र उपनेता सुवास नेम्वाङ्गलाई पनि उपनेताबाट निलम्बन गरिएको जनाईएको छ।
दलको नेता परिर्वतनको सूचना दर्ता गरेपछि संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै नेता विडारीले सबै १ सय १२ जना हस्ताक्षरकर्ता सांसदहरु समेतको उपस्थितिमा दलको नेता परिर्वतन भएको सूचना दर्ता गरिएको जानकारी दिए।
त्यसअघि अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सहितका नेताहरुले महासचिव डाक्टर भरत गौतमलाई भेटी दलको नेता परिर्वतन भएको जानकारी गराएका थिए।