प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् ।
आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका संसद् सचिवालय स्रोतले सेतोपाटीलाई जानकारी दियो ।
सभामुखसँग आज बस्ने संसद बैंठकका विषयमा छलफल भएको थियो।
प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशन आज ४ बजे बस्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि आज संसद् बैठक बस्न लागेको हो।