वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली उनको निवास भैंसेपाटी पुगेका छन् । प्रधानमन्त्री ओली आफूनिकट नेताहरूलाई लिएर भैंसेपाटी पुगेका हुन्।
नेकपा उपाध्यक्ष वामदेव गौतमको सचिवालयका अनुसार व्यक्तिगत भेटघाटका लागि प्रधानमन्त्री ओली भैंसेपाटी पुगेका हुन्।
प्रचण्ड–माधव पक्षले आजै नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगलाई लिखित पत्र लेख्नुका साथै दलको नेतासमेत प्रचण्डलाई बनाएपछि पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई गम्भीर रूपमा हेरिएको छ।
शुक्रबारमात्रै प्रचण्ड-माधव पक्षले ओलीलाई दलको नेताबाट हटाएको घोषणा गर्दै प्रचण्डलाई नेता चयन गरेको हो।