प्रदेश नम्बर १ को प्रदेश सभा बैठक चैत २ गतेसम्मका लागि स्थगित भएको छ। यसअघि प्रदेश सभामुखले बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए।
बुधबार प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गर्दै चैत २ गते सम्मका लागि बैठक स्थगित भएको जानकारी दिएको हो।
फागुन ९ गतेको बैठकमा अविश्वास प्रस्ताव पेश भएपछि सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए।
प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले विशेष कारणले बैठक सरेको जानकारी दिए।
सूचना अनुसार अबको बैठक चैत २ गते सोमबार १२:३० बजे बस्नेछ। अब बस्ने बैठकमा अविश्वासकाे प्रस्ताव माथि छलफल हुनेछ ।