चार कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त मोर्चाले शुक्रबार धनगढीमा जनसभा आयोजना गरेको छ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले संयुक्त जनसभा आयोजना गरेका हुन्।
यी चार वाम पार्टीले मोर्चाबन्दी गरी अघि बढ्ने बताएका छन्। उनीहरूले मोर्चाको अवधारणा र संघर्षका कार्यक्रमबारे सभामार्फत् जानकारी दिने बताए।
सभा पहिले धनगढी चौराहबाट र्याली निकाल्दै नाराबाजीसहित धनगढी खुलामञ्चमा मानिसहरू भेला भएका छन्।
सभामा विभिन्न स्कुलका विद्यार्थीहरूको पनि सहभागिता देखिएको छ।