पूर्वप्रधानमन्त्री एवं प्रचण्ड-नेपाल समूहको नेकपा वरिष्ट नेता झलनाथ खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन्।
नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि खनाल शुक्रबार बिहान साढे ११ बजेको नियमित उडानबाट नयाँ दिल्ली गएका थिए । उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या रहेका खनाल अस्पताल भर्ना भएर उपचार सुरू गरिसकेका छन्।
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले सामाजिक संजालमार्फत दिएको जानकारी अनुसार खनाललाई एपोलो अस्पतालमा राखिएको हो।
आचार्यले खनाललाई भर्ना भएको अस्पतालमै पुगेर भेट गरेका थिए। राजदूत आचार्यले शीघ्र पूर्ण स्वास्थ्यलाभको शुभकामना पनि गरेका छन्।