प्रधानमन्त्री केपी ओलीले ‘मांसाहारी’ आन्दोलनलाई नरभक्षीको संज्ञा दिएका छन्।
शुक्रबार राजधानीमा आयोजित आफ्नो समूहको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता नरभक्षी आन्दोलनका दिन गएको बताए।
‘यहाँ कसैले नरभक्षी आन्दोलन गर्छु भन्ने नसोचे हुन्छ,’ उनले भने।
केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारविरूद्ध मांसाहारी आन्दोलन गर्नुपर्ने बताएका थिए।
‘उहाँहरू भन्दै हुनुहुन्छ, शाकाहारी आन्दोलनले भएन रे, अब मांसाहारी आन्दोलन गर्ने रे, त्यो भनेको के चिकेन चिल्ली खाएर गरौं भन्नुभएको हो?,’ उनले प्रश्न गरे।
यसअघि सभामा बोल्दै गृह मन्त्री रामबहादुर थापाले त्यस्तो आन्दोलन गर्नेलाई जावलाखेलस्थित चिडियाखानामा थुनेर राख्ने चेतावनी दिएका थिए।