भारतमा आर्थिक वर्ष सन् २०२१/०२२ का लागि रक्षा बजेटमा अत्याधिक वृद्धि गरिएको छ।
रक्षा शीर्षकमा बजेट अत्याधिक धेरै छुुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सीतारमणलाई धन्यवाद दिएका छन्।
अर्थमन्त्री सीतारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेकी छन्। रक्षाका लागि अहिले छुट्याइएको रकम १५ वर्षपछिकै सबैभन्दा धेरै भएको बताइएको छ।
अधिकारीहरूका अनुसार अघिल्लो वर्ष रक्षाका लागि ४.७१ लाख करोड भारतीय रुपैयाँ छुट्याइएको थियो।
अर्थमन्त्री सीतारमणले सोमबार भारतको केन्द्रीय सरकारको वार्षिक बजेट घोषणा गरेकी थिइन्। भारतको यस बर्षको बजेट ४.७८ लाख करोडको छ।
'अघिल्लो वर्षको तुलनामा यस वर्ष रक्षाका लागि १९ प्रतिशत बजेट वृद्धि भएको छ, यो रकम १५ वर्षपछिकै सबैभन्दा धेरै हो,' रक्षामन्त्री सिंहले भने।
पछिल्लो समय भारतको छिमेकी चीनसँग सीमा क्षेत्रमा तनाव चुलिएको छ। पूर्वी र पश्चिम दुबै सेक्टरमा चिनियाँ सेनासँग भारतीय सेनाबीच बेलाबेलामा झडप भइरहेका छन्। चीनले पनि आफ्नो रक्षा बजेट वर्षेनी बढाउँदै लगेको छ।