नेकपाको प्रचण्ड-नेपाल समूहले अहिले विराटनगर-धरान सडक अवरुद्ध पारेर शक्ति प्रदर्शन गरिरहेको छ।
प्रदेश १ का विभिन्न जिल्लाबाट आएका नेकपा कार्यकर्ताले मुख्य सडकको जनआन्दोलन चोकको दायाँ-बायाँ ढाकेका कारण विराटनगरको यातायात आवागमन अस्तव्यस्त बनेको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध आयोजित बिरोध सभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, योगेश भट्टराई लगायतले सम्बोधन गर्नेछन्।