राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसिसी सहायता नआए सरकारले आफ्नै लगानीमा भए पनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
एमसिसीबारे राजनीतिक रूपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफैं गलत हो कि भन्ने भ्रम पनि सिर्जना भएको उपाध्यक्ष कँडेलले बताए।
परियोजनाको राजनीनिक पक्ष जे जस्तो भए पनि केही वर्षभित्र विद्युतको ठूलो राष्ट्रिय प्रसारण लाइन आवश्यक पर्ने भएकाले सरकारले एमसिसी स्वीकृत नभए पनि परियोजनालाई अगाडि बढाउनुपर्ने बताए।
उपाध्यक्ष कँडेलले एमसिसी परियोजना रूपान्तरणकारी आयोजनाको रूपमा १५ औं योजनामा समेत समावेश भइसकेकाले सरकारले परियोजना निर्माणको कार्यलाई तीव्रता दिएको बताए। तर देशको पुँजीको अपर्याप्तताको कारणले एमसिसी आवश्यक पर्ने देखिएको पनि बताए।
उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले आफैंले एमसिसी परियोजनालाई १५ औं योजनामा समावेश नगरेको पनि स्पष्ट पारे।
ऊर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रूपान्तरणकारी आयोजनामा समावेश गरेको समेत उनले प्रष्ट पारे।