सरकारले सबै जनआन्दोलन र सशस्त्र संघर्षका योद्दा एवं सहिदका परिवारलाई परिचयपत्र वितरण र सम्मान गर्न कार्यदल बनाएको छ।
आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते, बेपत्ता, अंगभंग भएका, लोकतन्त्रका योद्दाको सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न कार्यदल गठन गरेको हो।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा समिति बनाएको सूर्य थापाले जानकारी दिए।
उक्त समितिले सबै जनआन्दोलन तथा माओवादी जनयुद्धमा बलिदानी दिएका सहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवार, अपांगता भएका, घाइते तथा अन्य पिडितहरुको लगत संकलन गरी उनीहरुलाई सम्मान गर्ने मोडालिटीका लागि सरकारलाई सिफारिस गर्नेछ।