प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाले निर्वाचनका कार्यक्रमलाई नरोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।
ओली समूहका नेताहरूले आज निर्वाचन आयोगमा पुगेर निर्वाचनका कार्यक्रमहरू सुरू गर्न भनेका हुन्।
आयोगले मागेका डकुमेन्टहर बुझाउनका लागि निर्वाचन आयोग गएका ओली पक्षीय नेताहरूले आफ्नो समूह आधिकारिक रहेको समेत दाबी गरेका छन्।
'आयोगले सोधेका प्रश्नबारे हामीले जवाफ लेखेका छौं। प्रथम अध्यक्ष र महासचिव रहेको पार्टी नै आधिकारिक हो भन्ने हाम्रो दाबी छ,'ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने,'त्यही बेलामा हामीले निर्वचानका कार्यक्रमहरूलाई नरोक्न भनेका छौं।'
निर्वाचन आयोगमा ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल,गृहमन्त्री रामबहादुर थापा,स्थायी कमिटी सदस्य सुवास नेम्वाङ,उर्जा मन्त्री टोपबहादुर रायमाझी,काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत गएका थिए।