प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन्।
राजधानीमा आयोजित सभामा बोल्दै ओलीले देश चुनावमा गइसक्यो भन्दै संसद पुनर्स्थापना हुन्छ भनेर कसले भन्यो? भनी प्रश्न सोधे।
‘संसद पुनर्स्थापना भयो भने प्रधानमन्त्रीलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा भइरहेका छन्, कहाँबाट आयो यो? निर्वाचन आयोग, सुरक्षा निकाय चुनावमा लागिसके,’ उनले भने।
ओलीले देशमा अस्थिरता र लोकतन्त्र खतरामा परेपछि संविधानसभा विघटन गरेको बताए। उनले आफूलाई स्थापित भन्ने मिडियामा भड्काउन जाली र प्रायोजित समाचार आउने गरेको दाबी गरे।
ओलीले आफूले नेतृत्व गर्न पाइराख्यो भने देश सर्लक्कै देश खायो भनेर केही मान्छेलाई भत्भती पोलिरहेको बताए।
प्रचण्ड-माधव नेपालतर्फ लक्षित गर्दै उनले भने, ‘मैले केही वर्षअघि भनेको थिएँ- गोरु नांगै देख्दा मलाई लाज हुँदैन। मानवीय सभ्यता र मर्यादा ख्याल गर्दा हुन्थ्यो। देख्नेहरूलाई धेरै लाजभइसक्ययो उहाँहरूका कृत्यले।’