नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले प्रतिनिधि सभा विघटनको विषय राष्ट्रिय सभामा उठाएका छन्।
शुक्रबार अपरान्ह सुरू भएको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेको विषय शर्माले उठान गरेका छन्।
उनले नेकपा औपचारिक रूपमा विभाजन नभए पनि फुटको संघारमा रहेको राष्ट्रिय सभामा जानकारी गराएका छन्।
उनले उपाध्यक्षसमेत रहेका सांसद वामदेव गौतमले पार्टी एकताका लागि जोड्न रसायन छ भने प्रयोग गर्न आग्रह गरेका छन्।
‘पार्टी विभाजित भएको र प्रतिनिधि सभा नभएको बेला राष्ट्रिय सभा अहिले चलिरहेको छ,’ शर्माले भने, ‘कुनै सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजन भएको होइन। पार्टी विभाजित हुँदा मेरो मुटु चिरिएको छ। मुटु फुटेको अनुभव गरेको छु।’
राजनीतिक स्वार्थका लागि नेकपा विभाजित भएको शर्माको भनाइ थियो। शर्मा नेकपामा प्रचण्ड-नेपाल समूहका हुन्।