प्रतिनिधि सभाको असंवैधानिक विघटनविरूद्ध परेका १२ रिटको पहिलो सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले गर्दैछन्।
सोमबार दायर भएका सबै रिटको पेशी प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा तोकेका हुन्।
संसद विघटन असंवैधानिक भएको भन्दै सोमबार ११ र मंगलबार दुइटा रिट सर्वोच्च अदालतमा परेका थिए।
यी सबै रिट एकैसाथ प्रधानन्यायाधीश राणा आफैंले हेर्न लागेका हुन्।
संसद विघटनविरूद्ध संवैधानिक इजलासमा पनि एउटा रिट परेको छ। संवैधानिक विवादहरू नियमित र संवैधानिक इजलास दुबैमा दर्ता गर्न पाइने व्यवस्था छ।
संवैधानिक इजलासमा परेको रिटको पेशी भने शुक्रबारलाई तोकिएको छ।
एउटै विवाद भएका मुद्दा एकै साथ हेर्ने नियम भएकाले सम्भवत: प्रधानन्यायाधीशले ११ वटा रिट पनि संवैधानिक इजलासमा पठाउन सक्छन्।