प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार राष्ट्रपतिबाट पारित संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन्।
यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको स्रोतले सेतोपाटीलाई जानकारी दियो।
स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको दुई पटक छलफल भएको थियो। प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएपछि बैठकमा सहभागी भएका हुन्।
‘प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति भएको हो’, ती नेताले सेतोपाटीसँग भने,‘ अब प्रधानमन्त्रीसहित स्थायी समिति बैठक सुरू हुन्छ।’
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति भएसँगै सत्तारूढ दल नेकपाका सांसदहरूले संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपतिकहाँ लगेको निवेदन पनि फिर्ता गर्ने सहमति जुटेको हो।