सत्तारूढ नेकपाको स्थायी समिति बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्रीसमेत उपस्थित छन्।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेबाट सुरू भएको हो । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको छ ।
राजनीति सग्ल्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच दोस्रो पटक बैठक बसेपछि प्रधानमन्त्री कमिटि बैठकमा बस्न राजी भएका हुन्।
गत २१ र २८ गते बसेको स्थायी कमिटीको बैठककै निरन्तरता स्वरुप आजको बैठक बस्न लागेको हो। अध्यद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा छलफल हुने कार्यसूची तय गरिएको थियो। तर, त्यसलाई ओलीले अस्वीकार गरेपछि बैठक बस्न सकेको थिएन।