नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेई फेङहेलाई नेपाली सेनाले सैनिक मुख्यालयमा सम्मान गारत दिएको छ।
रक्षामन्त्री फेङहे आइतबार दिउँसो जंगी अड्डा पुगेका थिए। सम्मान गारतपछि उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग औपचारिक वार्ता गरेका छन्।
सैनिक मुख्यालयमा केही घन्टा समय बिताएका फेङहेले आजै रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने छन्। उनी आजै साँझ स्वदेश फर्किने कार्यक्रम छ।
सबै तस्बिरहरू: प्रदीपराज वन्त/रासस