परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोनाभाइरसविरूद्ध लड्न सार्क राष्ट्रहरूको गहिराे सहकार्य आवश्यक रहेको बताएका छन्।
बिहीबार सार्क राष्ट्रका मन्त्रीहरूबीच भएको अनौपचारिक भर्चुअल मिटिङमा उनले भाइरसविरूद्ध लड्न र त्यसको प्रभावलाई कम गर्दै पुरानै लयमा फर्काउन गहिराे सहकार्य आवश्यकता रहेको बताएका हुन्।
यो मिटिङ परराष्ट्रमन्त्री ज्ञवालीको अध्यक्षतामा बसेको थियो। यसमा सार्क राष्ट्रका सम्पूर्ण परराष्ट्र तथा विदेश मन्त्रीहरूले सहभागिता जनाएका थिए।
मन्त्री ज्ञवालीले दक्षिण एशियाका जनताको जीवनमा दृष्यात्मक परिवार्तन ल्याउन, सार्कलाई प्रभावकारी र परिणाम उन्मुख क्षेत्रीय संगठन बनाउनुपर्नेमा समेत जोड दिएका थिए।
सार्कको १९ औं शिखर सम्मेलन चाँडाे गर्न सदस्यलाई सबै विकल्पहरू खोज्न र नयाँ गतिशीलता उत्पन्न गर्न आग्रह गरेका थिए।