नेपाल तरूण दलले सुनसरी तरूण दलका पूर्वअध्यक्ष दुर्गा देवकोटाको उपचारका लागि दुई लाख २३ हजार ४० रूपैयाँ जुटाएको छ।
कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारी र तरूण दलका नेता शंकर खड्काको पहलमा तरूण विभाग सदस्य विकास उप्रेतीको सक्रियतामा अमेरिकाबाट उक्त सहयोग संकलन गरिएको हो।
देवकोटाको उपचारमा सहयोग जुटाएकोमा तरूण दलका अध्यक्ष जितजंग बस्नेतले धन्यवाद दिएका छन्।