राप्रपाका तीन अध्यक्षहरूको बैठक पार्टी केन्द्रीय कार्यालय चाबहिलमा सम्पन्न भएको छ।
बिहीबार बसेको बैठकले पार्टी एकता आधारपत्र बमोजिम विधान मस्यौदा समिति गठन गरेको छ।
पार्टी अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित बैठकले पार्टी एकता आधारपत्र बमोजिम विधान मस्यौदा पेश गर्न नेता निरन्जन थापाको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो।
समितिका सदस्यहरूमा भक्ति सिटौला, श्याम शाही, राजु बस्नेत, रामशरण पाठक, भरतजङ्ग उप्रेती र चन्द्र काफ्ले रहेको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
पार्टीको सचिवालय कार्य व्यवस्था समितिको बैठक आगामी असोज ११ गते तोकिएको पनि बर्तौलाले बताए।