ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको कोरोना परीक्षण नेगेटिभ देखिएको छ।
आफ्ना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि असोज २ गतेदेखि मन्त्री पुन होम क्वारेन्टिनमा बसेका थिए।
पिसिआर नेगेटिभ आएसँगै मन्त्री पुन मन्त्रालय जान थालेको उनका प्रेस संयोजक दयानिधि भट्टले सेतोपाटीलाई बताए।