स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी भिडभाड हुने सेवा र व्यवसाय अझै एक महिना नखोल्न सिफारिस गर्ने भएको छ।
मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जनस्वाथ्यका मापदण्ड लागू गर्न नसकिने पेशा तथा व्यवसाय थप एक महिना नखोल्न सरकारलाई सिफारिस गरिने जानकारी दिए।
‘असोज १ गते मन्त्रिपरिषद्ले नखोल्न भनेको व्यवसायहरू छन् त्यसलाई नै थप एक महिना निरन्तरता दिने भनिएको हो,’ उनले भने।
योसँगै स्वीमिङ पुल, खेल मैदान, जिम, पार्टी प्यालेस, सैलुन, स्पा जस्ता बढी भिडभाड हुने व्यावसाय थप एक महिना बन्द गर्न मन्त्रालयले सिफारिस गर्ने तयारी गरेको हो।
बुधबार मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले भौतिक दूरी कायम गर्न नसकिने व्यवसायहरू थप एक महिना खोल्न नहुने निष्कर्ष निकालेको हो।
साथै सक्रिय संक्रमित संख्या २५ हजार नाघे फेरि लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने निष्कर्ष बैठकले निकालेको छ। बुधबारसम्म सक्रिय संक्रमितको संख्या १७ हजार छ।