अनेरास्ववियू, नेपाल विद्यार्थी संघ लगायत १३ विद्यार्थी संगठनले सरकारले बढाएको ५० प्रतिशत भाडा वृद्धि खारेज गर्न माग गरेका छन्।
लामो तथा छोटो दूरीका सवारी साधनमा आधा मात्रै यात्रु राखेर ५० प्रतिशत भाडा वृद्धि गरिएकोमा बढाइएको भाडा खारेज गर्न उनीहरूले माग गरेका हुन्।
संयूक्त बिध्यार्थी संगठनका तर्फबाट मन्त्री नेम्वाङलाई सात दिने अल्टिमेटमसहित मागपत्र बुझाएको अनेरास्ववियू नेत्री सुनिता बरालले बताइन्।
उनीहरूले हवाइजहाजमा पूर्ण क्षमतामा यात्रु राख्न दिएको तर सार्वजनिक बसहरूमा आधा मात्रै यात्रु चढाउने निर्णय अपरिपक्व र अव्यवहारिक भएको बताएका छन्।
विद्यार्थीले ५० प्रतिशत बढेको भाडा तिर्न नसक्ने उनीहरूको भनाइ छ। बढाइएको भाडा खारेज गर्दै विद्यार्थीलाई सहुलियत दिन पनि १३ विद्यार्थी संगठनले माग गरेका हुन्।