अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन्।
बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकमा उनले सो कुराको जानकारी गराएका हुन्।
उनले अपरान्ह ४ बजे राजीनामा दिने बैठकमा उपस्थित एक मन्त्रीले सेतोपाटीलाई बताए।
अर्थमन्त्री युवराज खतिवडाको गत फागुन २० गते २ वर्षे कार्यकाल सकिएको थियो।
संविधान अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री हुन पाउँदैन।
खतिवडाको ६ महिने कार्यकाल शनिबारदेखि सकिँदैछ।
बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री खतिवडालाई अहिलेसम्मको जिम्मेवारीका लागि धन्यवाद दिएका थिए।