प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भोकका कारण सीमामा ज्यान गुमाएका शहिदनगर नगरपालिका वडा नम्बर ९ का वीरेन्द्र गुरमैता यादवको परिवारलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
मृतक वीरेन्द्रको घर गोठ कोयलपुर पुगी मुख्यमन्त्री राउतले उनको श्रीमती सविता यादवलाई उक्त चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गराएको बताए।