समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टीलाई आयोगले प्रमाणपत्र दिएको छ।
पार्टीका नेता शिवजी यादवले सेतोपाटीलाई दिएको जानकारीअनुसार जनता समाजवादीलाई आयोगले आइतबार दल दर्ता प्रमाणपत्र उपलब्ध गराएको हो।
जनता समाजवादीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन्।
दुई महिना पहिले बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी र राजपाबीच एकीकरण भएर नयाँ पार्टी बनेको थियो।
जनता समाजवादीमा ३४ जना सांसद छन्।