नवनियुक्त आइजिपी शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पालसँग भद्र सहमति भएको बताएका छन्।
जो आइजिपी भए पनि सहयोग र सरसल्लाहमा चल्नेगरी भद्र सहमति भएको उनले बताए।
‘हामीले जो आइजिपी भएपनि सहयोग र सल्लाहमा चल्छौँ भन्नेमा सहमति गर्यौँ' उनले भने ‘कतिपयले मलाई घाटाको सौदा गरिस् भनेर पनि भन्नुभयो।’
व्यक्तिगत रुपमा आफूलाई यो घाटाको सौदा भए पनि व्यवसायिक फाइदाको लागि त्यो घाटा उचित रहेको उनले बताए।
आफ्नो पदस्थापनपछि पालले बाहिर अभिव्यक्त गरेका भनाईप्रति पनि आफू कृतज्ञ रहेको उनले बताए।