प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपाभित्र जारी विवाद समाधानका लागि प्रयास भइरहेको छ।
यसअघि सोमबार भएको दुई अध्यक्षको भेटमा गतिरोध अन्त्यका लागि दुई अध्यक्षले नै प्रयास गर्ने सहमति भएको थियो।
आवश्यक परे बरिष्ठ नेताहरू राख्ने तर सहयोगी नेता नराख्ने प्रस्ताव प्रचण्डले ओलीलाई गरेका थिए।
विवाद समाधानको प्रयास गर्न सोमबारका लागि तय भएको स्थायी समिति बैठक बुधबार बस्ने गरी स्थगित भएको थियो।
दुई अध्यक्षबीच सहमति नभएसम्म स्थायी समिति बैठक स्थगित गर्न दुबै पक्षका नेताहरूले दबाब दिएका छन्।
प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छोड्नु पर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छन्।
प्रधानमन्त्री ओलीले भने दुबै पद नछाड्ने स्पष्ट पारेका छन्।