सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता सुरू भएको छ।
पार्टीभित्र देखिएका विवाद समाधानका लागि भोलिसम्म स्थायी कमिटी बैठक स्थगित गरेका उनीहरूले छलफललाई तीव्रता दिएका हुन्।
आइतबार बालुवाटारमा दुई अध्यक्षबीचको छलफलमा दुबै तर्फका अरू नेताहरू पनि सहभागी छन्।
प्रधानमन्त्री ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी छन्।
यस्तै प्रचण्डसँगै ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी रहेको नेकपाका एक नेताले सेतोपाटीलाई जानकारी दिए।
ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन प्रचण्डसहित शीर्ष नेताले आग्रह गरेपछि नेकपाभित्र विवाद छ।