नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यहरू ललितपुरको एक होटलमा भेला भएका छन्।
बिहीबार बस्ने स्थायी समितिमा कसरी रणनीति तय गर्ने भन्नेबारे छलफल भइरहेको स्रोतले बतायो।
‘भोलि बस्ने बैठकमा कसरी रणनीति तय गर्ने भन्नेबारे छलफल गर्नको लागि भेला भएको हो’,स्रोतले भन्यो।
प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल,गृहमन्त्री रामबहादुर थापा लगायत भेलामा उपस्थित छन्।
गत असार १० गतेदेखि स्थायी समिति बैठक जारी छ।
मंगलबार बसेको स्थायी समितिमा १८ स्थायी समिति सदस्यमध्ये १७ सदस्यले ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।
प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई भारतको इसारामा हटाइन लागेको अभिव्यक्ति दिएका थिए। त्यही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै उनीहरूले राजीनामा मागेका हुन्।
बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर त्याग गर्नुपर्ने बताएका थिए।
उनले पार्टीभित्रको मतभेदलाई भारतसँग जोडेकोमा आक्रोश पोखेका थिए।
सम्बन्धित समाचार :
पार्टीले निर्णय गर्दैमा प्रधानमन्त्री ओलीको पद जान्छ?