बालुवाटारमा जारी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा शनिबार भिन्न दृश्य देखियो।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड कुर्सीमा बसेका छन्। यतिमात्र होइन पार्टीका नेता माधवकुमार नेपाल र झलनाथ खनालको कुर्सी पनि आज अध्यक्षद्वय नजिकै छ। अध्यक्षद्वयसँगै सचिवालयका ९ जना नेताहरूलाई उस्तै कुर्सी टेबलको व्यवस्था गरिएको छ।
(हेर्नुस् तस्वीरमा शनिबारको स्थायी कमिटी बैठक)
स्थायी कमिटी बैठक सुरू हुँदा असार १० गते बुधबार अध्यक्षद्वय ओली-प्रचण्ड सोफामा बसेका थिए। नेताहरू नेपाल र खनालसहित सचिवालय सदस्य कुर्सीमा बसेका थिए। बैठकमा अध्यक्षद्वयलाई सोफा र अरू नेतालाई कुर्सीमा राखिएकोमा स्थायी कमिटी सदस्यले असुहाउँदो देखिएको भन्दै आवाज उठाएका थिए।
(हेर्नुस् गत बुधबारको स्थायी कमिटी बैठक)
शुक्रबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बैठकमा सहभागी भएनन्। प्रधानमन्त्री निवास बालुवाटारमै बैठक राख्दा पनि प्रधानमन्त्री उपस्थित नभएकोमा धेरै सदस्यले विरोध गरे।
यो पनि:
प्रधानमन्त्री ओलीलाई नेताहरूको प्रश्न- आफ्नै दैलोमा भएको बैठकमा किन आउनुभएन?
स्थायी कमिटी बैठकमा आएनन् प्रधानमन्त्री ओली
शनिबार बैठकमा उपस्थित अध्यक्ष ओली केहीबेरमै निस्किए। अर्का अध्यक्ष प्रचण्डले बैठकमा सहभागी सदस्यलाई जानकारी गराए- स्वास्थ्यका कारण प्रधानमन्त्री निस्कनुभएको हो।
शनिबारको बैठक पहिलेभन्दा भिन्न देखिन्थ्यो।
अध्यक्षद्वय ओली-प्रचण्ड सोफा छाडेर कुर्सीमा बसेका छन्, अरू सचिवालय सदस्यजस्तै। यसअघिका बैठकमा अध्यक्षहरूभन्दा केही पछि बसेका नेपाल र खनालका कुर्सी आज अध्यक्षद्वय ओली-प्रचण्डका दायाँबायाँ राखिएका छन्।
यो पनि:
सचिवालय बैठकमा पहिलो पटक ओली-प्रचण्डको कुर्सी सँगसँगै
नेकपा सचिवालय बैठकमा प्रचण्डको कुर्सी ओलीसँगै
यसअघि सचिवालय बैठकमा अध्यक्ष ओली र प्रचण्डलाई बेग्लाबेग्लै आसनमा राखिएपछि अध्यक्ष प्रचण्डले विरोध गरेपछि पुन: अध्यक्षद्वयका कुर्सी सँगै राख्न थालिएको थियो।