प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रूघाखोकीजस्तै भएको बताएका छन्।
बिहीबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु भन्ने सोचियो भने बाँच्न गाह्रो हुने पनि बताए।
प्रधानमन्त्री ओलीले उच्च मनोबल राख्न पनि आग्रह गरेका छन्। ‘उच्च मनोबल राख्नुपर्छ, कोरोना लागिहाल्यो भने पनि लान सक्दैन। त्यो मनोबल राख्नुपर्छ,’ उनले भने।
कोरोनाले छुनेबित्तिकै मर्छु भनेर हिम्मत हार्न नहुने प्रधानमन्त्रीको भनाइ छ।
‘कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु अब। अब गएँ म, भन्ठान्यो भनेदेखि त बाँच्न गाह्रो हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।’
प्रधानमन्त्री ओलीले नेपालीहरूको रोगप्रतिरोधात्मक क्षमता पनि बढी भएको बताउँदै आएका छन्। नेपालीको भान्सामा अदुवा, लसुन, प्याजलगायत औषधिजन्य खानेकुरा भएकोले त्यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने प्रधानमन्त्रीको तर्क छ।
प्रधानमन्त्री ओलीले औषधीजन्य सन्तुलित खाना र व्यायाम गर्न पनि आग्रह गरे।
नेपालीहरूमा असाधारण रोग प्रतिरोधात्मक क्षमता रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले औषधीजन्य सन्तुलित खाना र व्यायाम गर्न पनि आग्रह गरे।