लकडाउन अवधिमा उद्योग क्षेत्रमा काम गर्ने मजदुरहरुमध्ये एक तिहाइलेमात्र तलब पाएका छन्।
नेपाल ट्रेड युनियन महासंघले गरेको अध्ययनअनुसार उद्योग क्षेत्रमा कार्यरत ३० प्रतिशतलेमात्र तलब पाएका छन्।
महासंघले सबै क्षेत्रका मजदुरहरुको वर्तमान अवस्थाका बारेमा अध्ययन गरेको र पहिलो चरणमा उद्योग क्षेत्रका मजदुरहरुकोमात्र विवरण निकालेको थियो।
सबै मजदुरहरुको वास्तविक अवस्थाको समग्र अध्ययन गरिएको प्रतिवेदन केही दिनमा सार्वजनिक गरिने महासंघका महासचिव जनक चौधरीले जानकारी दिए।