नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दैका काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ जना कोरोना संक्रमित थपिएका हुन्। काठमाडौंको टोखा नगरपालिका- ३ र ६ मा दुई जना र बुढानिलकण्ठ-३ मा एक जनालाई कोरोना संक्रमण देखिएको हो।
सोमबार धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, (यसबारे सेतोपाटीले आइतबार नै समाचार प्रकाशन गरेको छ।), बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ।
सोमबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। जेठ ४ गते वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका बारा कलैयाका वृद्धमा कोरोनाको संक्रमण भएको रिपोर्ट आएसँगै मृतकको संख्या ४ पुगेको हो।