शनिबार दक्षिण अमेरिकाको भेनेजुएलामा इरानी इन्धनको ट्याङ्कर प्रवेश गरेको छ।
अमेरिकी सरकारको चेतावनी बावजुत उक्त ढुवानी भएको हो। पाँचमध्येका एक ट्याङ्कर अमेरिकी देशको विशेष आर्थिक क्षेत्रमा प्रवेश गरेको रोयटर्सले रिपोर्ट गरेको छ।
'हामी इश्लामिक गणतन्त्र इरानका जहाजहरू छिट्टै हाम्रो पितृभूमिको बन्दरगाह आइपुग्नेछन्' भेनेजुएलाका आर्थिक उप-राष्ट्रपति तथा नवनियूक्त तेलमन्त्री तारेक एल आसामीले शनिबार ट्वीटरमा भने।
भेनेजुएलाको राष्ट्रिय टेलिभिजनले ती ट्याङ्करहरूलाई भेट्ने तयारी गर्दै गरेका नौसैनिक जहाज र विमानहरूको तस्विर प्रसारण गरेको थियो। त्यहाँका रक्षामन्त्रीले ती ट्याङ्करहरु आफ्नो मुलुकको विशेष आर्थिक क्षेत्र आइपुग्ने बित्तिकै सुरक्षा दिने बताएका थिए।
फ्लोटिला ट्याङ्करले १.५३ मिलियन ब्यारेल तेल र अल्किलेट बोकेको त्यहाँको सरकार तथा श्रोतहरूले बताएका छन्।
एक वरिष्ठ अमेरिकी अधिकारीले वाशिङटनले यसको जवाफका उपायहरूबारे विचार गरिरहेको प्रतिक्रिया दिएका छन्।
इरानी राष्ट्रपति हसन रूहानीले शनिबार वाशिङटनले भेनेजुएलामा पुर्याउने इरानी ईन्धन बोक्ने ट्याङ्करमा समस्या आएको खण्डमा बदला लिने चेतावनी दिएका थिए।
'क्यारेबियनमा वा विश्वको कुनै पनि ठाउँमा अमेरिकीहरूद्वारा हाम्रो ट्याङ्करमा समस्या आएमा अमेरिकालाई पनि समस्यामा पर्नेछन्' उक्त रिपोर्टमा राष्ट्रपति रुहानीले भनेका छन्।