उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्।
सरकार एक्लैले गरेर मात्रै नहुने भएकाले कोरोनाको रोकथाम गर्न जनता, राजनीतिक दल र सामाजिक संघसंस्थाको साथ चाहिने बताए।
सेतोपाटीसँग कुराकानी गर्दै कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले सातै प्रदेशमा ल्याब स्थापना गर्ने योजना बनाएको बताए।
'हिजो यस्तो अप्ठ्यारो आइलागेको थिएन। त्यही भएर हामीसँग भएका स्रोत परिचालन गरेर सबै मिलेर अगाडि बढ्ने हो,' पोखरेलले भने, 'हामीसँग टेकुमा मात्रै ल्याब रहेछ। अब सातै प्रदेशमा ल्याब स्थापना हुन्छ।'
उपप्रधानमन्त्री पोखरेलले जनतालाई उपभोग्य सामग्री अभाव हुन नदिने बताए।
उनले संक्रमण बेलामा कृत्रिम अभाव सिर्जना गरेर कालो बजारी गर्नेहरू सामाजिक अपराधी भएकाले उनीहरूलाई सरकारले कारबाही गर्ने बताएका छन्।
विशेष किसिमका आइसियु कक्ष निर्माण गर्ने, भेन्टिलेटर व्यवस्था, आइसोलेसन क्याबिनका लागि सरकारले कस्तो पहल गरिरहेको छ भनेर हामीले उपप्रधानमन्त्री पोखरेलसँग कुराकानी गरेका छौं।
उपप्रधानमन्त्री पोखरेलसँग गरिएको कुराकानीको पूरा अंश भिडिओमा हेर्नुस्: