प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले दोस्रो पटक मिर्गौला प्रत्यारोपण भइरहेको छ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख प्राध्यापक डाक्टर प्रेमराज ज्ञवालीको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दैछ। स्रोतका अनुसार अहिले प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षमा लगिसकिएको छ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सकिने अझै केही घन्टा लाग्नेछ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण हुने भएपछि सरकारका मन्त्रीहरू पनि अहिले त्रिवि शिक्षण अस्पताल परिसरमै छन्।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वधार मन्त्री बसन्त नेम्वाङलगायत मन्त्रीहरू, नेकपामा महासचिव बिष्णु पौडेल र अन्य सरकारी र पार्टीका अधिकारीहरू अस्पतालमा पुगेका छन्।
अस्पताल परिसरमा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै आउनेहरूको पनि भीड लागेको छ। तीमध्ये केहीले प्रधानमन्त्रीको फोटो भएको प्लेकार्ड बोकेका छन्। प्लेकार्डमा ओलीको फोटो छ र गेटवेल सुन पिएम केपी ओली लेखिएको छ।