नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारमन्त्री गाेकुल बाँस्काेटाको अडियो प्रकरणबारे आधिकारिकता आएपछि पार्टीमा छलफल गरिने बताएका छन्।
‘अहिले त अडियो मात्रै आएको छ। यसको आधिकारिकताबारे छलफल गर्नुपर्यो, त्यसपछि मात्रै पार्टीमा विषय प्रवेश होला’ सेतोपाटीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘पहिला त सरकारले पनि छानविन गर्छ होला। हामीले यसबारेमा कुनै छलफल गर्न पाएका छैनौं। पार्टीले अहिलेसम्म कुनै पहलकदमी लिएको छैन।’
सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड कमिशन मागेको विवादास्पद अडियो बाहिरिएपछि प्रमुख विपक्षी कांग्रेसले राजीनामा मागेको छ। पार्टीभित्रै पनि बाँस्कोटाको राजीनामा मागिएको छ।
प्रधामन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच समेत यस विषयमा छलफल भएको थियो। ओलीसँगको भेटमा प्रचण्डले बाँस्कोटाले राजीनामा दिनुपर्ने धारणा राखेका थिए।