प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बालुवाटार बोलाएर छलफल गर्ने भएका छन्।
सञ्चार मन्त्री बाँस्कोटाको विवादास्पद अडिओ सार्वजनिक भएकोबारे प्रधानमन्त्रीले जानकारी लिन लागेका हुन्।
प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आजै भएको भेटमा पनि यस विषयमा छलफल भएको स्रोतले बतायो।
'प्रधानमन्त्रीलाई भेट्न सञ्चार मन्त्री आउनुहुन्छ। त्यसपछि उहाँले मन्त्रीका कुरा सुन्नुहुन्छ,'प्रधानमन्त्री निकट स्रोतले सेतोपाटीसँग भन्यो,'प्रधानमन्त्रीसँगको छलफलपछि प्रधानमन्त्रीले जे भन्नुहुन्छ,सञ्चारमन्त्रीले त्यही काम गर्नुहुन्छ।'
मन्त्री बाँस्कोटा नेपालगञ्ज छन्। त्यहाँबाट फर्किएपछि उनी बालुवाटार जाने स्रोतले बतायो।