बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्व सभामुख एवम् सत्तारुढ नेकपाका सांसद कृष्णबहादुर महरालाई संसद जाने बाटो खुलेको छ।
दाङबाट निर्वाचित महरा बलात्कारको आरोपमा पक्राउ परेसँगै उनको सांसदको हैसियत गुमेको थियो। प्रतिनिधि सभा नियमावलीले फौजदारी अभियोग लागेको व्यक्तिको सांसद पद निलम्बित हुने व्यवस्था गरेको थियो। महरा बलात्कारको आरोपमा पक्राउ परेपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए। तर उनले सांसद पद त्यागेका थिएनन्। उनको पद निलम्बनमा परेको थियो।
काठमाडौं जिल्ला अदातलले बलात्कार अभियोगमा सफाइ दिएसँगै उनी अब संसद बैठकमा सहभागि हुन पाउनेछन्। उनको सिट प्रतिनिधि सभाको पहिलो लहरमा हुनेछ। संघीय संसद सचिवालयले पूर्व प्रधानमन्त्री र पूर्व सभामुखहरुलाई पहिलो लाइनमा सिट दिदैँ आएको छ। पूर्व सभामुख सुवास नेम्वाङ र ओनसरी घर्तीले पहिलो लाइनमै सिट पाउँदै आएका छन्। अब महराले पनि उनीहरुसँगै सिट पाउनेछन्।
प्रतिनिधि सभाको बैठक भोली १ बजे बस्दै छ।
सम्बन्धित समाचार : रोशनीको बयानको आधारमा अदालतले छाडिदियो महरालाई, के थियो बयानमा?